PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

थारु भाषाको फिल्म 'भुरभुरा रहर'को आयो ट्रेलर



पहिलोपोस्ट

थारु भाषाको फिल्म 'भुरभुरा रहर'को आयो ट्रेलर

काठमाडौं : थारु भाषामा बनेको फिल्म 'भुरभुरा रहर'को ट्रेलर सार्वजनिक भएको छ। सत्य घट्नाबाट प्रभावित फिल्मले एक थारु युवतीको मनोविज्ञानलाई प्रस्तुत गरेको छ।

फिल्ममा भीमा चौधरी, इन्द्र चौधरी, छविलाल कोपिला, सिवनी चौधरी, रामलाल  चौधरीलगायतको अभिनय छ। फिल्मलाई पत्रकार मदन चौधरीले निर्देशन गरेका हुन्।

फिल्ममा सशील चौधरीको कथा र मित्र डि गुरुङको सम्पादन छ। फिल्मलाई रामलालले निर्माण गरेका हुन्। फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन। फिल्मलाई थारु फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell