PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

सुदूरपश्चिम खप्तड गोल्डकप : यी हुन सहभागि १२ टिम, उद्घाटन खेलमा सुप-११ र काकरभित्ता ट्रेनिङ सेन्टर झापा भिड्ने



पहिलोपोस्ट

सुदूरपश्चिम खप्तड गोल्डकप : यी हुन सहभागि १२ टिम, उद्घाटन खेलमा सुप-११ र काकरभित्ता ट्रेनिङ सेन्टर झापा भिड्ने

धनगढी : नेपालकै सर्वाधिक धनराशी पुरस्कार रहेको तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपमा १२ टिमले प्रतिस्पर्धा गर्ने पक्का भएको छ।

आयोजक पुदूरपश्चिम-११ स्पोर्ट्सले क्लबले बिहीवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ। यही पुष २४ गतेदेखि सुरु हुने सुदूरपश्चिमको एक्लो गोल्डकको रुपमा रहेको प्रतियोगिता सञ्चालन हुने धनगढी रंगशालाको मैदान तयार गर्न बाँकी रहेको अन्य तयारी लगभग सकिने अवस्थामा पुगेको आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए।

प्रतियोगितामा ६ ए डिभिजन क्लब, आयोजक एक टिम, विदेशी दुई टिम र मोफसलका तीन गरी कूल १२ क्लबले सहभागिता जनाउने आयोजकले जनाएको छ।

जसमा लिग च्याम्पियन मनाङसिहत, थ्री स्टार, संकटा, च्यासल युथ क्लब र दुई विभागीय टोली नेपाल पुलिस र एपीएप ए डिभिजनका क्लब हुन्। यस्तै गोर्खा ब्वाईज स्पोर्टस रुपन्देही, काकरभित्ता ट्रेनिङ सेन्टर झापा, मोरङ ११ स्पोर्टस क्लबले पनि भाग लिने निर्णय भईसकेको आयोजक सुदुरपश्चिम-११ स्पोर्टस क्लबका अध्यक्ष हमालले बताए। यस्तै विदेशीमध्ये भारतको दिल्ली एफसी र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लब आउने भएको हमालले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन खेलमा भने आयोजक सुप-११ स्पोर्टस क्लब र झापाको मेची नेत्रालय काकरभित्ता फुटबल ट्रेनिङ सेन्टरले प्रतिस्पर्धा गर्नेछन्।

सहभागी १२ टीमलाई ६-६ वटा गरेर दुई समुहमा विभाजन गरिएको छ। तर सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणका खेलहरुको खेल तालिका सार्वजनिक हुन बाँकी रहेकोले टाईसिट भने सार्वजनिक गरिएको छैन।

 यस्तै आयोजक सुदुरपश्चिम-११ स्पोर्टस क्लबले लगाउने जर्सी पनि सार्वजनिक गरिएको छ। सुन्तला र निलो रङको दुई वटा जर्सी सार्वजनिक गरिएको हो। क्लबको नाम नै नेपाल आईस सुदुरपश्चिम-११ स्पोर्टस क्लब रहने भएको छ।

प्रतियोगितामा क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाईनलका लागि एक सय ५० र दुई सय रुपैया तोकिएको छ ।

तेस्रो संस्करणको विजेताले नगद २१ लाख र उपविजेताले नगद १० लाख हात पार्नेछन्। उत्कृष्ट खेलाडीले मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट विधाका खेलाडीले १५-१५ हजार पाउने आयोजकले जनाएको छ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ। प्रतियोगिता धनगढीमा पुस २४ गतेदेखि सुरु भएर माघ ५ गतेसम्म सञ्चालन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell