PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

'मणिविक्रम शाह योङ प्लेअर अवार्ड'को घोषणा, लिगको उत्कृष्ट युवा खेलाडीलाई दिइने



पहिलोपोस्ट

'मणिविक्रम शाह योङ प्लेअर अवार्ड'को घोषणा, लिगको उत्कृष्ट युवा खेलाडीलाई दिइने

काठमाडौं : अखिल नेपाल फुटबल संघले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान स्व. मणिविक्रम शाहको नामबाट अवार्ड दिने घोषणा गरेको छ।

एन्फाले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा उत्कृष्ट प्रदर्शन गर्न एक युवा खेलाडीलाई 'मणिविक्रम शाह योङ प्लेअर अवार्ड' प्रदान गर्ने हो।

उक्त अवार्डको स्वरुप एन्फाले खेलाडीलाई नगद १ लाखबाट सम्मान गर्ने बिहीवार जनाएको छ।

नेपाली म्याराडोनाको नामले चर्चित शाहको गत वैसाखमा निधन भएको थियो।

यसबाहेक लिग को विभिन्न विभागत उत्कृष्ट खेलाडीले एक-एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्।

साढे चार वर्षपछि भएको ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दीले क्लबले दुई खेल अघि नै उपाधि पक्का गरिसकेको छ भने संकटा क्लबले दोस्रो बन्ने पक्का भएको छ। मनाङले ५० लाख नगद र लिगको ट्रपी पाउनेछ भने संकटाले ३५ लाख हात पार्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell