PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

ए डिभिजन लिग : अन्तिम चरणको खेल तालिका सार्वजनिक



पहिलोपोस्ट

ए डिभिजन लिग : अन्तिम चरणको खेल तालिका सार्वजनिक

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौँ र ललितपुरमा भइहरको सहिद स्मारक 'ए' डिभिजन लिगको १३औँ तथा अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ।

साढे चार वर्षपछि फुटबलको मेरुदण्ड मानिने लिग आयोजना गरेको एन्फाले यस पटक रेलिगेशन प्रणाली लागू नगरी लिग गरेको हो।

गत असोज १३ गतेदेखि सुरु भएको लिगमा ए डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरेका थिए। अन्तिम चरणको खेल बाँकी रहे पनि लिगको विजेता र उपविजेताको टुङ्गो लागिसकेको छ।

मनाङ मर्स्याङ्दीले दुई खेल अगावै उपाधि पक्का गरिसकेको छ भने लगातार १२ खेल जितेर अपराजित यात्रा कायम राखेको छ। यस्तै सकंटाले दोस्रो स्थान पक्का गरिसकेको छ।

एन्फाले बिहीवार सार्वजनिक गरेको तालिका अनुसार १३ औं चरणका लिग खेलहरु शनिवारबाट सुरु हुनेछ।

अन्तिम चरणको खेलहरु चार दिन सञ्चालन हुनेछ। यस अघि एन्फाले एक चरणको खेल तीन दिनमै सकाएको थियो। १३ औँ चरणमा शनिबार हल्चोक स्थित एपीएफ मैदानमा दुई खेल हुनेछ। पहिलो खेलमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लब भिड्नेछन् भने सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच पनि प्रतिस्पर्धा हुनेछ।

यस्तै आइतबार एनआरटी र ब्रिगेड ब्वाइजबीचको खेल एन्फा कम्प्लेक्समा हुनेछ भने फ्रेन्ड्स र च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबबीच खेल एपीएफ मैदानमा हुनेछ।

यसैगरी सोमबार मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब तथा संकटा र एपीएफबीच एन्फा कम्प्लेक्समा खेल हुनेछ।

मंगलवार एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र थ्री स्टारबीच यस सिजनको लिगको अन्तिम खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell