PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

सतुंगलको कपास उद्योगमा आगो लाग्यो



रासस

सतुंगलको कपास उद्योगमा आगो लाग्यो

काठमाडौँ : चन्द्रागिरि नगरपालिका–१६ सतुंगलस्थित दीपक कपास उद्योगमा आगलागी भएको छ। 

काठमाडौँ प्रहरी परिसरका अनुसार आज साँझ लागेको उक्त आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेका छन्। आगो अझै नियन्त्रणमा आएको छैन। काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट दमकल र खानेपानीका ट्याङ्करको प्रयोग गरिएको छ। उक्त आगो कसरी लागेको र के–कति क्षति भएकोबारे विवरण आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell