काठमाडौं : सरकारले २०७६ सालमा राष्ट्रिय बिदाहरु थप गर्ने भएको छ। २०७४ सालमा अति धेरै बिदा दिएको भन्दै ब्यापक आलोचना भएपछि केपी ओली नेतृत्वको सरकारले २०७५ का केही महत्वपूर्ण विदाहरुसमेत काटेको थियो।
विन कुनै आधार विदा कटौति गरेको भन्दै फेरी आलोचना भएको थियो। त्यही कारण सरकारले २०७६ सालका लागि केही बिदाहरु थप गर्न लागेको हो।
यसका लागि सरकारले सार्वजनिक विदा अध्ययन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्री, शहरी विकास मन्त्री र संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सम्मिलित कार्यदल गठन गरेको छ।
सरकारले विभिन्न जातजातिका लागि सार्बजनिक बिदा थप गर्ने छ। करिव एक दर्जन बिदा थपिने छन्। अब जनैपूर्णिमा, छठ, क्रिसमस, ल्होसार, इदलगायत करिव एक दर्जन बिदा थपिने छन्।
२०७५ सालमा सरकारले नियमित दिएकोभन्दा १२ दिन बिदा कटौती गरेको थियो। अब भने केही महत्वपूर्ण चाडपर्बको बिदा थप हुने छ। यसपाली जनै पूर्णिमा, घटस्थापना, कोजाग्रत पूर्णिमाजस्ता महत्वपूर्ण विदाहरु कटौती गरिएका थिए।