PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

ला लिगा : सान्टी काजोर्लाले दुई गोल गरेपछि भियारियालले रियल मड्रिडसँग अंक खोस्यो



पहिलोपोस्ट

ला लिगा : सान्टी काजोर्लाले दुई गोल गरेपछि भियारियालले रियल मड्रिडसँग अंक खोस्यो

स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड र भियारियलले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

घरेलु मैदानमा सान्टी काजोर्लाले दुई गोल गरेपछि भियारियालले रियललाई बराबरीमा रोकेको हो। उनले ८२औँ मिनेटमा गोल गर्दै रियललाई जितबाट रोकेका थिए।

खेलको चौथो मिनेटमै काजोर्लाको गोलबाट घरेलु टोली भियारियालले अग्रता बनाएको थियो। तर त्यसको ती मिनेटपछि नै करिम बेनन्जामाले रियलका लागि बराबरी गोल फर्काए भने २०औँ मिनेटमा राफेल भारनले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए।

सुरुमै अग्रता लिएर पनि पहिलो हाफमा पछि परेको भियारियालले अन्तिम १० मिनेटभित्र बराबरी गोल पर्काएको हो। खेल सकिन आठ मिनेट अगाडि काजोर्लाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल जितबाट बन्चित बनेको हो।

बराबरीपछि तेस्रो स्थानको सेभियासँग अंक बराबरी गर्ने मौका गुमायो। १७ खेलबाट ३० अंक जोडेको रियल अझै शीर्ष स्थानको बार्सिलोनाभन्दा ७ अंकले पछि छ र चौथो स्थानमा यथावत छ। समान खेलबाट बार्सिलोनाको ३७ अंङ्क छ भने ३४ अंक जोडेको एट्लेटिको मड्रिड दोस्रो र तेस्रो स्थानमा रहेको सेभियाको ३२ अंक छ।

भियारियाले भने १७ खेलबाट १६ अंक जोड्दै रेलिगेनशन जोनबाट एक स्थान माथि उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell