PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

सतुङ्गलमा कपास उद्योगबाट सुरु भएको आगलागी ९ घन्टापछि नियन्त्रणमा



पहिलोपोस्ट

काठमाडौँः चन्द्रागिरि नगरपालिका–१६ सतुङ्गलमा बिहीबार साँझ ७ बजेदेखि लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको छ। नेपाली, सेना, सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।

दीपक कपास उद्योगबाट सुरु भएको आगो नजिकैकै आनन्द ट्रेड कन्सर्नमा पनि सल्किएपछि त्यहाँ भएको रसायनका कारण आगोले ठूलो रूप लिएको थियो।

थानकोटस्थित महानगरी प्रहरी वृत्तका प्रमुख कुमारविक्रम थापाले उक्त आगलागीबाट मानवीय क्षति नभएको र क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए। काठमाडौँ उपत्यकाका दमकलका साथै खानेपानीका ट्याङ्करसमेत आगो नियन्त्रणका लागि प्रयोग गरिएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell