PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

म्यानचेष्टर शहरको युथ सर्भिस बोर्ड सल्लाहकारमा नेपाली मुलका गुरुङ



पहिलोपोस्ट

म्यानचेष्टर शहरको युथ सर्भिस बोर्ड सल्लाहकारमा नेपाली मुलका गुरुङ

न्यूह्यामसर : अमेरिकाको उत्तरपूर्वी राज्य न्यूह्यामसरको सबैभन्दा ठूलो नगर म्यान्चेष्टर सिटीको युथ सर्भिस बोर्ड सल्लाहकारमा नेपाली मुलका माधव गुरुङ मनोनित भएका छन्। सिटीकी मेयर जोइस क्रेगको प्रस्तावलाई नगरपरिषद्ले पारित गरेपछि गुरुङले बुधवार नियुक्ति पाएका हुन्।

नगर क्षेत्रमा युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालनका लागि गुरुङले युथ सर्भिस बोर्डलाई सल्लाह प्रदान गर्नेछन्। युवालाई सकारात्मक कामका लागि उत्प्रेरणा, अभिवृद्धि, लागू औषध मुक्त समाज लगायतका युवा केन्द्रित विभिन्न क्षेत्रमा बोर्डले काम गर्दै आएको छ। गुरुङको पदावधि जनवरी १, २०२२ सम्म रहनेछ।
 
गुरुङले बुधवार म्यान्चेष्टर नगरको कार्यालय (सिटी हल) मा नगरको प्रशासकीय अधिकृत (सिटी क्लार्क) बाट पद तथा गोपनीयताको सपथ लिएका छन्। इलाममा जन्मिएका गुरुङ पछिल्लो १० वर्ष देखि अमेरिकामा बस्दै आएका छन् भने न्यूह्यामसर डेमोक्रेटिक पार्टीको सदस्यको रुपमा उनी विभिन्न सामाजिक काममा संलग्न रहँदै आएका छन्। गतवर्षको स्थानीय चुनावमा वडा सदस्यको रुपमा उमेद्‍वारसमेत बनेका गुरुङ न्यूह्यामसर नेपाली समाजका सचिव हुन् भने न्यूह्यामसर गुरुङ समाजका महासचिव हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell