PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

नवलपरासीमा श्रीमानले गरे श्रीमतीको हत्या



पहिलोपोस्ट

नवलपरासीमा श्रीमानले गरे श्रीमतीको हत्या

परासीः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ की २१ वर्षीया कमला चौधरीको आफ्नै श्रीमानले हत्या गरेको खुलेको छ। कमला गत पुस ४ गतेबाट हराइरहेकी थिइन्।

उनका श्रीमान सुनीलले आपसी मनमुटावका कारण श्रीमतीको आफैँले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। उनको पुस १७ गते जङ्गलमा शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो। घाँस दाउरा गर्न गएका स्थानीयवासीले बर्दघाटको चिसापानी जङ्गलमा उनको शव फेला पारेपछि अनुसन्धानको क्रममा उनकै श्रीमान् सुनीलले हत्या गरेको रहस्य खुलेको हो।

सुनीललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ भने उनलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताइएको छ।

 

दुर्घटनामा एकको मृत्यु

पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित ज्यामिरे जङ्गलमा मोटसाइकल आफैँ अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार लु ३० प २०६ नंको मोटरासाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा रुपन्देही सिद्धार्थनगर नगरपालिकाका ३५ वर्षीय विशाल गुरुङ रहेका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङको जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell