PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

वाइड बडी प्रकरण ढाकछोप गर्न नयाँ छानबिन समितिः पौडेल



पहिलोपोस्ट

वाइड बडी प्रकरण ढाकछोप गर्न नयाँ छानबिन समितिः पौडेल

दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले वाइड बडी प्रकरणमा लुकाउनका लागि नयाँ छानबिन समिति बनाएको आरोप लगाएका छन्।

तनहुँमा आयोजित कार्यक्रममा पौडेलले संसदले छानबिन गरिरहेको अवस्थामा सरकारले नयाँ समिति बनाएर ढाकछोप गर्न लागेको आरोप लगाए। प्रधानमन्त्रीले लेखा समिति अन्तर्गतको उपसमितिको अपमान गरेको समेत पौडेलले आरोप लगाए। उनले राजनीतिमा नेताहरू तीनतिर भए पनि ठुला–ठुला काण्डमा सँगै हुनेमा आफ्नो आशंका रहेको पनि बताउनुभयो।

पौडेलले महासमितिपछि देशभर पार्टी एक भएको सन्देश गए लगत्तै पार्टीमा फेरि लफडाको तयारी भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell