PahiloPost

Jun 24, 2026 | १० असार २०८३

फ्राइडे रिलिजमा अमृत,किस्मत र जोन अभिनित फिल्मको भिडन्त



पहिलोपोस्ट

फ्राइडे रिलिजमा अमृत,किस्मत र जोन अभिनित फिल्मको भिडन्त

काठमाडौं : यो साता शुक्रबार प्रदर्शन अन्तर्गत दुई नेपाली फिल्म छन्। 'जय श्री दाम' र 'जे सुकै होस्' प्रदर्शनमा आएका नेपाली फिल्महरु हुन्। त्यस्तै, यो साता विदेशी फिल्म 'बम्बलबी' नेपाल प्रदर्शनमा आयो। बलिउड फिल्म भने नेपाल प्रदर्शनमा आएन।

'जय श्री दाम'लाई विप्लप उप्रेतीले निर्देशन गरेका हुन्। कमेडी विधामा बनेको फिल्ममा कलाकार अमृत ढुङ्गाना, विनोद न्यौपाने, राजन खवितडा, जेबिका कार्की, प्रमोद अग्रहरिलगायतको अभिनय छ।

मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्ममा अमरदीप सापकोटाको पटकथा, मित्र डि गुरुङको सम्पादन, छ भने रविन सुशांत गौतमको संगीत छ।

उमेश गुरुङले निर्देशित फिल्म हो 'जे सुकै होस्'। फिल्ममा किस्मत तामाङ, चन्दा दाहाल, यादव बैरागी, मेलिना ठकुरी लगायतको अभिनय छ। निर्देशक उमेशको कथामा बनेको फिल्ममा लक्ष्मण शेस, सुरेश अधिकारीलगायतको संगीत छ। फिल्ममा बनिष शाह र सालिक दुलालको सम्पादन छ।

'बम्बलबी'लाई ट्रविस नाइटले निर्देशन गरेका हुन्। एक्सन जनरामा बनेको फिल्ममा हेल्ली, जस्टिन र  जोन सेनाको अभिनय छ।

अब शुक्रबा प्रदर्शनमा आएका यी तीन फिल्मले नेपालको बक्स अफिसमा कस्तो व्यापार गर्ला त्यो त पछि नै थाह हुनेछ। अमृत, किस्मत र जोनसिनाबीच दर्शक र हलका लागि प्रतिस्पर्धा सुरु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell