PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

मेनपावर व्यवसायी बलबहादुर तामाङविरुद्ध १३ करोड ५३ लाख को माग दावीसहित मुद्दा



पहिलोपोस्ट

मेनपावर व्यवसायी बलबहादुर तामाङविरुद्ध १३ करोड ५३ लाख को माग दावीसहित मुद्दा

काठमाडौं : वैदेशिक रोजगारीमा जानेमाथि अवैध रकम असुली गरी कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले मेनपावर व्यवसायी बलबहादुर तामाङ विरुद्ध मुद्दा दायर गरेको छ। विभागले तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको हो। उनी पूर्व एमाले निकट नेपाल उद्योग ब्यापार संघसँग सम्बन्धित ब्यक्ति हुन्।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेका तामाङमाथि आयकर छलीको मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। उनका अनुसार विगो ६ करोड ४ लाख र जरिवाना १३ करोड ५३ लाख गरी १९ करोड ५७ लाख रुपैयाँ मागदावीसहित मुद्दा दायर भएको छ।

विभागले वैदेशिक रोजगारीको क्षेत्रमा पहिलोपटक अनुसन्धान अगाडि बढाएको थियो। वैदेशिक रोजगार व्यवसायीहरुले राजस्व छली गर्ने गरेको सूचनाका आधारमा विभागले कारबाही प्रक्रिया अघि बढाएको हो।

तामाङ स्काई ओभरसिजका सञ्चालक हुन्। उनको मेनपावर कम्पनीको इटहरी सुनसरीमा पनि शाखा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell