PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

'मिस नोबेल नेपाल २०१९'को उपाधि प्रिया मल्ललाई



पहिलोपोस्ट

'मिस नोबेल नेपाल २०१९'को उपाधि प्रिया मल्ललाई

काठमाडौं : 'मिस नोबेल नेपाल २०१९'को उपाधि प्रिया मल्लले जितेकी छिन्। एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौद्धिक एवं सौन्दर्य प्रतियोगितामा उनले उपाधिसहित बेस्ट फोटोजेनिक, बेस्ट ड्रेस र मस्ट पपुलरको ताज पनि जितेकी छिन्।

रश्मी बर्तौला फस्ट रनरअपसँगै मस्ट स्मार्टको टाइटल पनि जितिन्। त्यस्तै, सेकेन्ड रनरअप भएकी सुष्मा तिमल्सिनाले उपाधिसहित बेस्ट पर्सानालिटी जितिन्।

प्रतियोगितामा स्‍मृति लुंगेलीले बेस्ट ट्यालेन्ट, कविता तामाङले बेस्ट स्किन, प्रकृति रंजितकारले मस्ट एक्टिभको उपाधि जिते। प्रतिस्पर्धाको निर्णायकहरुमा मोडल कला सुब्बा, अभिनेता बिनय श्रेष्ठ, अभिनेत्री मारिस्का पोखरेल, मिस ईको ईन्टरनेसनल विजेता मौनता लामा र मिस्टर ह्यान्ड्सम रनरअप बैभभ उपाध्याय थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell