
लिग टु क्लब ट्रानमेरो रोभर्सलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै प्रिमियर लिग क्लब टोटनहम इंग्लिस एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।
टोटनहमलाई अवे मैदानमा शानदार जित दिलाउन स्पानिस फरवार्ड फर्नान्डो लरेन्टेले ह्याट्रिक गरे। यस्तै सर्जी अरिएरले दुई तथा सेउन मिन हेउनले र ह्यारी केनले एक-एक गोल गरे।
पहिलो गोल गर्न ४० मिनेटसम्म कुर्नुपरे पनि दोस्रो हाफमा लण्डन क्लबले आधा दर्जन गोल गर्यो। ४०औँ मिनेटमा अरिएरले गोलगर्दै टोटनहमलाई पहिलो हाफमा १-० को अग्रता दिलाए। दोस्रो हाफको सुरुवातदेखि नै गोल गर्न थालेको टोटद्दहमले ९ मिनेट अन्तरमा ३ गोल थप्यो। ४८औँ मिनेटमा लोरेन्टे, ५५औँ मिनेटमा अरिएर र ५७औँ मिनेटमा सन मिनले गोल गरेपछि टोटनहमले ४-० को अग्रता बनायो।
७१औं र ७२औँ मिनेटमा लोरेन्टले लगातार गोल गर्दै ह्याट्रिक पुरा गरे भने टोटनहमले ६-० को अग्रता बनायो। लोरेन्टेकै स्थानमा ७५औँ मिनेटमा मैदान छिरेका केनले ८२औँ मिनेटमा गोल गरेपछि टोटेनहमले ७-० को फराकिलो जित हात पारेको हो।