PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

डीपीएल : तीन टोलीको रणनीतिक खेलाडी परिवर्तन, एक टोलीको नाम परिवर्तन



पहिलोपोस्ट

डीपीएल : तीन टोलीको रणनीतिक खेलाडी परिवर्तन, एक टोलीको नाम परिवर्तन

काठमाडौँ : आगामी माघ २६ गतेदेखि सुरु हुने धनगढी प्रिमियर लिग डीपीएलको तेस्रो सिजनको लागि एक टिम र तीन रणनीतिक खेलाडीको नाम परिवर्तन भएको छ। यसअघिको दुई संस्करणको च्याम्पियन टिम चौराह धनगढीको नाम परिवर्तन भएर धनगढी स्टार्स भएको छ। राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का व्यक्तिगत कारण नखेल्ने भएपछि विराटनगर किंग्सको रणनीतिक खेलाडीमा करण केसीलाई राखिएको छ।

यस्तै भेट्रान शक्ति गौचनले सबैखाले क्रिकेटबाट सन्यास लिइसकेकाले रुपन्देशी च्यालेन्जर्सले उनको स्थानमा बसन्त रेग्मीलाई रणनीतिक खेलाडीको रुपमा चयन गरेको छ।

यसैगरी महेन्द्रनगर युनाइटेडले विनोद भण्डारीको स्थानमा शरद भेषावकरलाई रणनीतिक खेलाडी तोकेको छ। गत सिजन शरदले डीपीएल खेलेका थिएनन्।

 

टिम, मालिक र रणनीतिक खेलाडी:

विराटनगर किंग्स : प्रफुल्ल वैद्य, करण केसी

सिवाइसी अत्तरिया : सिवाइसी क्लब अत्तरिया, दिपेन्द्र सिंह ऐरी

धनगढी स्टार्स : कृष्ण बोहरा, सोमपाल कामी

काठमाडौँ गोल्डेन्स : गोल्डेनगेट एजुकेसन नेटवर्क, ज्ञानेन्द्र मल्ल

महेन्द्रनगर युनाइटेड : सुशील श्रेष्ठ एण्ड टिम, शरद भेषावकर

रुपन्देही च्यालेन्जर्स : सुरज उप्रेती,  बसन्त रेग्मी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell