PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कर्णालीमा ‘कारागारलाई किताब' अभियान



पी बी खड्का

कर्णालीमा ‘कारागारलाई किताब' अभियान

सुर्खेत: कर्णाली प्रदेशमा रहेका कारागारमा पुस्तकालय स्थापना गर्न प्रदेश प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी अन्तर्गत कारागारलाई किताब अभियान सञ्चालनमा ल्याएको छ। कारागारमा रहेका कैदीहरूको पुस्तक मागलाई लक्षित गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालयले कारागारलाई किताब अभियान सञ्चालन गरेको हो।
 
प्रदेशका विभिन्न कारागारहरूमा रहने कैदीहरूले पुस्तकालयको माग गरेकाले उनीहरूलाई किताब उपलब्ध गराउन अभियान चलाईएको लागिएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहले जानकारी दिए। ‘किताब पढौं, जीवन बदलौ भन्ने नाराका साथ कारागारमा रहेका कैदीले माग गरेकाले ‘कारागार लाई किताव अभियान’ चलाएका हौँ,’ उनले भने,‘कैदीको अध्ययन गर्ने चाहनालाई पुरा गर्न यो अभियानले सार्थकता पाउने छ भन्ने विश्वास छ।’

कारागारमा रहेका कैदीहरूको पुस्तक अध्ययन गर्ने चाहनालाई पूरा गर्न अभियानले सहयोग पुग्ने प्रमुख शाहको भनाई छ। उनले समुदाय प्रहरी साझेदारी अभियान अनुसार उक्त अभियानमा विभिन्न व्यक्तिहरूले आफूसँग भएका किताब कारागारका लागि भनेर हस्तान्तरण गरिदिन आग्रह समेत गरे। साथै डिआईजी शाहले विभिन्न सरोकार वालाहरुलाई पनि उत्त अभियानमा आवद्ध हुन अनुरोध समेत गरेका छन्।

अभियानमा ११ सदस्यीय समिति

अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागी डिआईजी शाहको नेतृत्वमा ११ सदस्यीय कारागारलाई किताब अभियान समितिसमेत गठन गरेको छ। उक्त समितिमा कारागारलाई किताब अभियान समितिमा शुसिला श्रेष्ठ सह –संयोजक रहेका छन्। त्यस्तै सदस्यहरुमा डिएसपी योगेन्द्रकुमार खड्का, यज्ञ खत्री, कमल भुषाल, दुर्गा थापा, निर्मला केसी, प्रतिमा परियार, ज्योती कटुवाल, लक्ष्मी भण्डारी रहेका छन्।  यो अभिययानमा विभिन्न संघ संस्था संलग्न व्यक्तिहरु आवद्ध रहेका छन्।  नाराका साथ सञ्चालित उक्त अभियानमा जिवन उपयोगी, सकारात्मक परिवर्तन हुने खालका किताब दिन समेत आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell