PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

वाइडबडी घोटालामा डराएर सरकारले कानुन विपरित नयाँ समित गठन गर्‍योः काँग्रेस नेता सिंह



पहिलोपोस्ट

वाइडबडी घोटालामा डराएर सरकारले कानुन विपरित नयाँ समित गठन गर्‍योः काँग्रेस नेता सिंह

काठमाडौँ: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारमाथि जनताको विश्वसनीयता घट्दै गएको बताएका छन्।

४३ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता सिंहले  संसदीय समितिले प्रतिवेदन नै नबुझाई अख्तियारमा रातारात गएर कानुन विपरीत समिति बनाउन लागी परेको आरोप समेत लगाएका हुन्। संसदीय अभ्यास र अधिकार क्षेत्रलाई प्रभावित पार्ने काम गरेको आक्रोश व्यक्त गरे।

सिंहले दुई तिहाइको सरकारले संविधानलाई पन्छाएर अगाडि बढ्न खोजेको बताए। सिंहले भने,’ सरकार दुई तिहाइको बलमा कानुनभन्दा माथि उठेर मुद्दा लगाएको रेसम चौधरीलाई शपथ खुवाएको छ। सरकारले मुद्दा चलेको व्यक्तिलाई राजनीतिक फाइदाका लागि कानुन मिचेर शपथ खुवाएको हो।‘

नेता सिंहले वाइडबडी किनबेचमा भएको घोटालाबारे सरकार डराएर छानबिनका लागि कानुन विपरीत नयाँ समिति गठन गरेको आरोप लगाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell