PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

डीपीएल अक्सन : कुन टिमले कुन खेलाडी कतिमा किने? को-को महँगा बने



गोविन्दराज नेपाल

डीपीएल अक्सन : कुन टिमले कुन खेलाडी कतिमा किने? को-को महँगा बने
PHOTO : WICKETNEPAL

काठमाडौँ : माघ अन्तिम साता सुरु हुने धनगढी प्रिमियर लिग डीपीएल ३ को लागि शनिबार अक्सन सम्पन्न भएको छ।

राजधानीको दरबार्गस्थित अन्नपूर्ण होटलमा भएको अक्सनबाट सहभागी ६ टिमले १२-१२ खेलाडी लिएका छन्। टोलीले ओपन अक्सनबाट ११ तथा स्थानीयबाट १ खेलाडी लिएका हुन्। यस्तै एक जना रणनीतिक खेलाडी पनि अक्सन अघि घोषणा भएको थियो। अक्सन सम्पन्न भएपछि सबै फ्रेन्चाइजले आफ्नो टोलीमा १३-१३ खेलाडी राखिसकेका छन्। अब आयोजकको नियम अनुसार ६ वटै टोलीले दुई-दुई विदेशी खेलाडी राख्नुपर्नेछ।

अक्सनमा राष्ट्रिय टोलीमा रहेका चार तथा दुई युवा गरी कूल ६ खेलाडी सबैभन्दा महाँगा बने। राष्ट्रिय टिमका विनोद भण्डारी, ललित भण्डारी, आरिफ शेख, ललित राजवंशी तथा युवा खेलाडीद्वय पवन सराफ र भीम सार्की सबैभन्दा धेरै २ लाख ५० हजारमा बिक्री भए।

यसपटक तीन टोलीको रणनीतिक खेलाडी तथा एक टोलीको नाम समेत परिवर्तन भएको छ। दुई पटकको च्याम्पियन टिम चौराह धनगढीको नाम अब धनगढी स्टार्स भएको छ। यस्तै राष्ट्रिय टिमका कप्तान पारस खड्का, भेट्रान स्पिनर शक्ति गौचन र विनोद भण्डारीको स्थानमा नयाँ तीन रणनीतिक खेलाडी घोषणा भएको हो।

पारसले पारिवारिक कारण नखेल्ने भएपछि विराटनगर किंग्सले राष्ट्रिय टिमका फास्ट बलर करण केसीलाई रणनीतिक खेलाडी चयन गर्दा सन्यास लिइसकेका शक्तिको स्थानमा रुपन्देही च्यालेन्जर्सले वसन्त रेग्मीलाई रणनीतिक खेलाडी तोकेको हो। यस्तै गत सिजन रणनीतिक खेलाडी रहेका विनोदलाई हटाउँदै महेन्द्रनगर युनाइटेडले घरेलु लिगका सफल कप्तान शरद भेषावकरलाई रणनीतिक खेलाडी चयन गरेको छ।

यसपटक पारस र शक्तिसँगै नेपाली क्रिकेटका नयाँ पोस्टर ब्वाय सन्दीप लामिछाने अनी अलराउण्डर सागर पुन डीपीएलमा देखिने छैनन्। सन्दीप विदेशीको टी-२० फ्रेन्चाइज लिगमा व्यस्त छन्। उनी हाल बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेशमा छन् भने त्यसपछि अष्ट्रेलियन बिग बास लिग खेल्न जानेछन्। सन्दीपले यसअघि इपीएलको दुई खेल खेलेर बिग बास लिग खेल्ने गएका थिए। जहाँ उनले ४ खेल खेले।

डीपीएल : टिम र रणनीतिक खेलाडीहरु

धनगढी स्टार्स : सोमपाल कामी, महेन्द्रनगर युनाइटेड : शरद भेषावकर विराटनगर किंग्स : करन केसी, रुपन्देही च्यालेन्जर्स : वसन्त रेग्मी, काठमाडौँ गोल्डेन्स् : ज्ञानेन्द्र मल्ल, सीवाईसी अत्तरिया : दिपेन्द्र सिंह ऐरी


यसपटक अक्सनमा सहभागी हुने खेलाडीले आफ्नो न्यूनतम मूल्य आफैँ तोक्न पाउने व्यवस्था आयोजकले लागू गरेको थियो र खेलाडीले ३० हजारदेखि २ लाख ५० हजारसम्मको मूल्य तोक्न पाउने थिए। यस्तोमा केही खेलाडीले मात्र एक लाखभन्दा बढीको न्यूनतम मुल्य राखेका थिए। अक्सनमा फ्रेन्चाइले बढीमा एउटा खेलाडीलाई २ लाख ५० हजारसम्मको बोली लगाउने पाउने थियो र त्यसै अनुसार महँगा ६ खेलाडीमध्ये ५ खेलाडीलाई एकभन्दा धेरै टिमले बोली लगायो भने ललित राजवंशीलाई काठमाडौँ गोल्डेन्स् एक्लैले अधिकतम बोली लगाएपछि टिममा अनुबन्ध गर्न सफल भयो।

विनोद र ललित भण्डारीलाई रुपन्देहीले लक्की ड्र बाट पायो भने भीम सार्कीलाई पनि २५ प्रतिशत जरिवनासहित लक्की ड्र बाट लिन सफल भयो। यस्तै आरिफ शेखलाई महेन्द्रनगर युनाइटेडले, पवन सराफलाई धनगढी स्टार्सले लक्की ड्र मार्फत नै लिन सफल भयो। पवनले अक्सनमा सबैभन्दा धेरै १ लाख ५० हजार बेस प्राइज राखेका थिए।

यसैगरी रुपन्देही ले नै प्रदीप ऐरीलाई २ लाख ४० हजार खर्चेर अनुबन्ध गर्‍यो।

यस बाहेक अक्सनमा हिट बनेको अर्को खेलाडी हुन सन्दीप जोरा। काठमाडौँमा भएको एभरेष्ट प्रिमियर लिगमा च्याम्पियन टोली ललितपुर प्याट्रिओट्सका विष्फोटक ब्याटिङ गरेका सन्दीपलाई सीवाइसी अत्तरियाले २ लाख ३० हजार खर्चेर लियो। यस्तै राष्ट्रिय टोलीका रोहित कुमार पौडेललाई महेन्द्रनगरले २ लाख ३० हजारमा किन्यो।

अत्तरियाले नै दोस्रो महाँगो खेलाडीको रुपमा भुवन कार्कीलाई २ लाख १० हजारमा किन्यो।

यी दश खेलाडी डीपीएल खेल्ने रणनीतिक खेलाडी बाहेक मह‌ंगाको सूचीमा रहे। रणनीतिक ६ खेलाडीले योभन्दा बढी रकम पाउने भए पनि खुलाइएको छैन।

यस्तै अक्सनमा पछिल्लो सेसनमा नाम आएका राष्ट्रिय खेलाडी अनिल कुमार शाह भने १ लाख ७० हजारमा बिक्री भए। उनलाई काठमाडौँ गोल्डेन्सले लियो। मो. आसिफ शेख, अमित श्रेष्ठ, सुनिल धमला १ लाख ८० हजार तथा रसिद खान र अभिनाश बोहरा १ लाख ८० हजारमा बिक्री भए।

अक्सनमा कूल १८६ खेलाडी रहेकोमा ६६ खेलाडी बिक्री हुन सफल भए। बाँकी १२० खेलाडी बिकेनन्। यस्तै लोकल ट्यालेन्ट हन्टको रुपमा अन्तिम चरणमा छनोट भएका १२ मध्ये ६ खेलाडीलाई सहभागी ६ टिमले एक-एकका दरले लिँदा बाँकी ६ खेलाडी भने भाग्यमानी हुन सकेनन्।

 

अक्सनमा कुन टिमले कुन खेलाडी कति रकममा लिए?
 

विराटनगर किंग्स : (करन केसी : रणनीतिक खेलाडी)

कुशल भुर्तेल : १ लाख ६० हजार

पृथु बास्कोटा : १ लाख २० हजार

अर्जुन अधिकारी : ३० हजार

किशोर महतो : १ लाख

संसाद शेख : ७५ हजार

राजेश पुलामी मगर : ७५ हजार

मो. आसिफ शेख : १ लाख ८० हजार

हरिशंकर शाह : ९० हजार

सुशन भारी : १ लाख

अमृत गुरुङ : ३० हजार

तृत राज दास : ३० हजार

सुबाश ऐर : (स्थानिय खेलाडी)

 

सीवाईसी अत्तरिया : (दिपेन्द्र ऐरि सिंह ऐरी -रणनीतिक खेलाडी)

जितेन्द्र सिंह ठकुरी : ७५ हजार

भुवन कार्की : २ लाख १० हजार

दिपेन्द्र रावत : ३० हजार

प्रेम तामाङ : ५० हजार

आदील अन्सारी : ३० हजार

रामनरेश गिरि : ७५ हजार

कमल सिंह ऐरि : ९० हजार

सन्दिप जोरा – २ लाख ३० हजार

खगेन्द्र जोशी : ३० हजार

शुबेन्दु पाण्डे – ५० हजार

रित गौतम : ३० हजार

ज्ञानेन्द्र कुँवर : स्थानिय खेलाडी

 

धनगढी स्टार्स : (सोमपाल कामि : रणनीतिक खेलाडी)

दिपेश श्रेष्ठ : ८० हजार

सौरभ खनाल : १ लाख ६० हजार

बिपिन खत्री : ९५ हजार

हरि बहादुर चौहान : ९५ हजार

अमित श्रेष्ठ : १ लाख ८० हजार

राजु रिजाल : ७५ हजार

रोबिन क्षेत्री : ३५ हजार

सन्दिप रजाली : ४० हजार

सुनील धमला : १ लाख ८० हजार

पवन सर्राफ : २ लाख ५० हजार 

धिरज शाही : ३० हजार

कृष्ण ऐर : स्थानिय खेलाडी

 

काठमाडौँ गोल्डेन्स : (ज्ञानेन्द्र मल्ल : रणनीतिक खेलाडी) 

विक्रम कुमार भुसाल : १ लाख ६० हजार

अबिनभ यादब : ३० हजार

राशिद खान : १ लाख ७० हजार

ललित नारायण राजबंशी : २ लाख ५० हजार

नन्दन यादब : ५० हजार

अनिल कुमार साह : १ लाख ७० हजार

सोनु तामाङ : ६५ हजार

सुर्य तामाङ : ५० हजार

योगेन्द्र सिंह कार्की : ७० हजार

मेहबुब आलम : ५० हजार

सुधिर चौधरी : ३० हजार

बिक्रम ठगुन्ना : स्थानिय खेलाडी

 

महेन्द्रनगर युनाईटेड : (शरद भेषावकर : रणनीतिक खेलाडी)

अविनाश बोहरा : १ लाख ७० हजार

मो. आरिफ शेख : २ लाख ५० हजार

अमर सिंह रौटेला : १ लाख २० हजार

सागर ढकाल : १ लाख

दिपेन्द्र चन्द : ३० हजार

दिलिप नाथ : ७५ हजार

रोहित पौडेल – २ लाख ३० हजार

शहाब आलम : ६० हजार

सन्तोष भट्ट : ३० हजार

सिद्धान्त लोहनी : ७० हजार

कुशल मल्ल : ५० हजार

सुशील खड्का : स्थानिय खेलाडी

,

रुपन्देही च्यालेञ्जर्स : (बसन्त रेग्मी : रणनीतिक खेलाडी)

ललित भण्डारी : २ लाख ५० हजार

प्रदिप ऐरि : २ लाख ४० हजार

पुरन बिक : ५० हजार

सन्दिप सुनार : १ लाख १० हजार

अनिल खरेल : ३० हजार

सुमित महर्जन : ७५ हजार

विनोद भण्डारी : २ लाख ५० हजार

कृष्ण कार्की : १ लाख

सुरज दराई : ३० हजार

विक्रम सोब : ६० हजार

भिम शार्की : २ लाख ५० हजार 

शेर मल्ल : स्थानिय खेलाडी


के भन्छन् रणनीतिक खेलाडीहरु?

बसन्त रेग्मी : रुपन्देही च्यालेन्जर्स

अक्सनमा हामीले जे सोचेको थियौं त्यहिँ पायौँ। अक्सनबाट सबै खुसी छौं। हामी भाग्यमानी पनि रह्यौँ। केही खेलाडी लक्की ड्र मा पनि पायौँ। जे योजा बनाएको थियौँ त्यस्तै टिम बनेको छ।

 

सोमपाल कामी : धनगढी स्टार्स

टिम राम्रो भएको छ। टिममा म्याच विनर खेलाडी धेरै छन्। त्यसैले म कन्फिडेन्ट छ। आशा छ हामीले गत सिजन जस्तै खेल्छौँ र ट्रफी जित्छौँ।

 

शरद भेषावकर : महेन्द्रनगर युनाईटेड

हामी खुशी छौँ। टिम राम्रो बनेको छ। अलराउण्डरहरु छन्, मिडियम, फास्टर, स्पिनर सबै बलर छन्। लोकल प्लेअर पनि बढी छन्। सोचेको खेलाडी पाएका छौँ। आशा छ हामी राम्रो खेल्नेछौँ।

 

ज्ञानेन्द्र मल्ल : काठमाडौं गोल्डेन

सबैले अक्सनमा राम्रोसँग पार्टिसिपेन्ट गर्दा सुरुमा अली गाह्रो जस्तो भयो। तर हाम्रो टिममा भेराइटी छ, ब्याटिङ राम्रो छ। राम्रो खेलाडीहरु छनोट गरेको जस्तो लाग्छ।  

 

करण केसी : विराटनगर  किंग्स

पहिलो पटक अक्सनमा सहभागि हुँदा खुशी लाग्यो। अक्सन पनि राम्रो भयो, सोचेको जस्तो टिम पाएका छौँ। टार्गेट गरेको केही खेलाडी ड्र मा पाउन सकेनौँ। तैपनि टिम राम्रो र ब्यालेन्स्ड बनेको छ।


 

रजत जंग श्रेष्ठ : सीवाईसी अत्तरीया (अत्तरियाका अफिसियल)

अक्सनमा हाम्रो लागि थोरै ब्याडलक भयो। लक्की ड्र मा पनि खेलाडी पाएनौँ। तैपनि हाम्रो योङ टिम बनेको छ। टिम ब्यालेन्स्ड छ। हामीले सोचेको जस्तो अली भएन। लास्टमा पवन र भिमलाई बढी बोली लाग्छ भनेर रकम बचाएका थियौँ। ड्र मा पाउन सकेनौँ। तरपनि प्रतियोगितामा राम्रो गर्छौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell