
काठमाडौँ : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल-३) को लागि शनिवार भएको अक्सनबाट सन्तुष्ट भएको सहभागि टिमका रणनीतिक खेलाडीले बताएका छन्।
आगामी माघ २६ देखि फागुन ११ सम्म धनगढीको फाप्ला क्रिकेट मैदान हुने डीपीएलका लागि भएको अक्सनबाट सहभागि ६ वटा टिमले ११-११ खेलाडी लिएका छन्। यस्तै लोकल ट्यालेन्ट हन्टबाट छानिएका १२ मध्ये एक-एक खेलाडी लिएका छन्।
अक्सनमा भाग लिएका ६ वटै फ्रेन्चाइजका रणनीतिक खेलाडीले सोचेअनुसार नै अक्सनबाट खेलाडी लिन सफल भएको प्रतिक्रिया दिए।
के भन्छन् रणनीतिक खेलाडीहरु?
बसन्त रेग्मी : रुपन्देही च्यालेन्जर्स
अक्सनमा हामीले जे सोचेको थियौं त्यहिँ पायौँ। अक्सनबाट सबै खुसी छौं। हामी भाग्यमानी पनि रह्यौँ। केही खेलाडी लक्की ड्र मा पनि पायौँ। जे योजा बनाएको थियौँ त्यस्तै टिम बनेको छ।
सोमपाल कामी : धनगढी स्टार्स
टिम राम्रो भएको छ। टिममा म्याच विनर खेलाडी धेरै छन्। त्यसैले म कन्फिडेन्ट छ। आशा छ हामीले गत सिजन जस्तै खेल्छौँ र ट्रफी जित्छौँ।
शरद भेषावकर : महेन्द्रनगर युनाईटेड
हामी खुशी छौँ। टिम राम्रो बनेको छ। अलराउण्डरहरु छन्, मिडियम, फास्टर, स्पिनर सबै बलर छन्। लोकल प्लेअर पनि बढी छन्। सोचेको खेलाडी पाएका छौँ। आशा छ हामी राम्रो खेल्नेछौँ।
ज्ञानेन्द्र मल्ल : काठमाडौं गोल्डेन
सबैले अक्सनमा राम्रोसँग पार्टिसिपेन्ट गर्दा सुरुमा अली गाह्रो जस्तो भयो। तर हाम्रो टिममा भेराइटी छ, ब्याटिङ राम्रो छ। राम्रो खेलाडीहरु छनो६ गरेको जस्तो लाग्छ।
करण केसी : विराटनगर किंग्स
पहिलो पटक अक्सनमा सहभागि हुँदा खुशी लाग्यो। अक्सन पनि राम्रो भयो, सोचेको जस्तो टिम पाएका छौँ। टार्गेट गरेको केही खेलाडी ड्र मा पाउन सकेनौँ। तैपनि टिम राम्रो र ब्यालेन्स्ड बनेको छ।
रजत जंग श्रेष्ठ : सीवाईसी अत्तरीया (अत्तरियाका अफिसियल)
अक्सनमा हाम्रो लागि थोरै ब्याडलक भयो। लक्की ड्र मा पनि खेलाडी पाएनौँ। तैपनि हाम्रो योङ टिम बनेको छ। टिम ब्यालेन्स्ड छ। हामीले सोचेको जस्तो अली भएन। लास्टमा पवन र भिमलाई बढी बोली लाग्छ भनेर रकम बचाएका थियौँ। ड्र मा पाउन सकेनौँ। तरपनि प्रतियोगितामा राम्रो गर्छौँ।