PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

एमएम कप वान डे क्रिकेट : तीन खेलाडीको अर्धशतक र राजवंशीको उत्कृष्ट बलिङमा पुलिसको जित



पहिलोपोस्ट

एमएम कप वान डे क्रिकेट : तीन खेलाडीको अर्धशतक र राजवंशीको उत्कृष्ट बलिङमा पुलिसको जित

सुनसरी : विभागीय टोली नेपाल पुलिस क्लबले इनरुवामा आजदेखि सुरु भएको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

इनरुमा मैदानमा भएको उद्घाटन खेलमा पुलिसले प्रदेश नम्बर २ लाई ११२ रनको फराकिलो अन्तरले हरायो।

टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले तीन खेलाडीको अर्धशतक मद्दतमा ५० ओभर खेल्दै ९ विकेट गुमाएर ३११ रन बनाएको थियो।

पुलिसका ओपनर सुनिल धमलाले ८० बल खेल्दै १३ चौकाको मद्दतमा सर्वाधिक ७३ रन बनाए।

यस्तै दिलिप नाथले ५९ रन बनाए। आक्रमक ब्याटिङ कुशल भुर्तेलले ३६ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतमा ५६ रन बनाए।

प्रदेश २ का सन्जम रेग्मी, हरिशंकर शाह, राशिद खान र बिशाल सुस्लिङले २/२ विकेट लिए।

३१२ रनको उच्च लक्ष्य पछ्याएको प्रदेश २ ले ३७.१ ओभरमा सबै विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो। ओपनर हरीशंकर शाहले अर्धशतकिय पारी खेल्दै ५८ रन बनाएपछि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन्।

प्रदेश २ लाई अलआउट गर्न पुलिसका ललित राजबंशी ९.१ ओभरमा १ मेडन राख्दै ३० रन खर्चर ३ विकेट लिए। यस्तै योगेन्द्र कार्कीले ६ ओभरमा ३३ रन दिएर ३ विकेट लिए।

पुलिसका सुनिल धमला खेलको 'म्यान अफ द म्याच' घोषित भए।

शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिता माघ ७ गतेसम्म चल्ने छ।

प्रतियोगिताको विजेताले ४ लाख १ हजार, उपविजेताले २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले २५/२५ हजार पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell