PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सात लाख नगदसहित २१ जुवाडे प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

सात लाख नगदसहित २१ जुवाडे प्रहरी नियन्त्रणमा

साँखुः काठमाडौँ बौद्धको फूलबारीस्थित लोप्सान लामाको घरबाट प्रहरीले २१ जना जुवाडेसहित रु सात लाख १९ हजार ८२० बरामद गरेको छ।

ठूलो रकमसहित जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरीवृत्त बौद्धको संयुक्त टोलीले लामाको घरमा छापा मारेको हो।

छापा मार्दा प्रहरीले जुवा खेल्न प्रयोग गरिने गट्टी र कौडासमेत बरामद गरेको छ। पक्राउ परेका २१ जनाको अनुसन्धानपछि कानुन अनुसार कारवाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्तकुमार लामाले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell