PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

शहीद स्मारक बी र सी डिभिजन लिगको मिति सार्वजनिक



पहिलोपोस्ट

शहीद स्मारक बी र सी डिभिजन लिगको मिति सार्वजनिक

काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक बी र सी डिभिजन लिगको मिति सार्वजनिक गरेको छ।

बी डिभिजन लिग माघ २५ गतेदेखि सुरु गर्ने एन्फाले जनाएको छ। यस्तै सी डिभिजन लिग फागुन २२ देखि गर्ने निर्णय गरेको छ। तर दुवै लिगको लागि पूरा खेल तालिका, खेल स्थल र मिति भने तोकिएको छैन।

एन्फाले बी डिभिजन खेल्ने १२ क्लबलाई दुई समूहमा विभाजन गरेको छ। यस्तै सी डिभिजन खेल्ने ११ क्लबलाई पनि दुई समूहमा विभाजन गरेको छ।  

एन्फाले साढे चार वर्पपछि गरेको ए डिभिजन लिग अब दुई दिनपछि सकिँदैछ। गत असोज १३ गतेबाट सुरु भएको ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी च्याम्पियन बनिसकेको छ।

यस्तै पुसकै अन्तिमबाट मोफसलमा गोल्डकपहरु आयोजना हुँदैछन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell