PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बीपीएल : सन्दीप सिलेट सिक्सर्सको पहिलो रोजाईँमा, प्रत्यक्ष खेल हेर्नुस्



पहिलोपोस्ट

बीपीएल : सन्दीप सिलेट सिक्सर्सको पहिलो रोजाईँमा,  प्रत्यक्ष खेल हेर्नुस्

काठमाडौँ : नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग बीपीएल मा सिलेट सिक्सर्सको पहिलो रोजाईँमा परेका छन्।

अष्ट्रेलियन ब्याट्सम्यान डेविड वार्नरको कप्तानीमा रहेको सिलेट सिक्सर्समा सन्दीपले पहिलो खेलमै खेल्ने अवसर पाएका हुन्। सन्दीपले बीपीएलअघि अष्ट्रेलियामा मेलवर्न स्टार्सका लागि बीबीएलको चार खेल खेलेका थिए।

सन्दीपले पहिलो रोजाईँमा पर्न दक्षिण अफ्रिकाका अनुभवी स्पिनर इमरान ताहिरलाई पछि पारेका हुन्। बीपीएलमा एक टिमले पहिलो रोजाईँमा चार जना मात्र विदेशी खेलाडी राख्ने पाउने नियमअनुसार वार्नर, सन्दीप, निकोलस पुरान र फास्ट बलर मोहम्मद इर्फान प्लेइङ ११ मा छन्।

सिलेटले अष्ट्रेलियाकै स्टिभ स्मिथको कप्तानीमा रहेको कमिला भिक्टोरियन्स विरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको छ। भिक्टोरिएन्समा शाहिद अफ्रिदि, सोएल मल्लिक, एभिन लुइस जस्ता विदेशी खेलाडी छन् भने बंगलादेशका तममि इक्वाल, अनामसल हक, महेदी हसन जस्ता खेलाडी छन्।

सिलेट सिक्सर्स प्लेइङ ११ :

लिटन दास, डेविड वार्नर (कप्तान), टोवहिड ह्रिदोए, अफिफ होसेन, सविर रहेमान, मोहम्मद इर्फान, आलोक कपाली, अल- अमिन होसेन, तस्किन अहेमद, निकोलस पुरन, सन्दीप लामिछाने

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell