PahiloPost

Jun 24, 2026 | १० असार २०८३

वाइडबडी प्रकरणमा महाप्रबन्धक कंसाकारलाई कालो मोसो दल्ने युवक समातिए



पहिलोपोस्ट

वाइडबडी प्रकरणमा महाप्रबन्धक कंसाकारलाई कालो मोसो दल्ने युवक समातिए

काठमाडौं : वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनको सचिवालय सदस्य ३७ वर्षीय शुरेस तामाङलाई नियन्त्रणमा लिएको महाशाखाका एसएसपी धिरजप्रताव सिंहले जानकारी दिए।
 

वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको भन्दै आफूहरुले कालोमोसो दलेको क्रान्तिकारी युवा लिगका ३ नं. प्रदेश संयोजक केशव ढलकुटीले जानकारी दिएका थिए।

गत शुक्रवार युवा लिगका कार्यकर्ताहरु दिउसो चार बजे कंसाकारको कार्यकक्षमा पुगेर कालोमोसो दलेका हुन्

क्रान्तिकारी माओवादीको गत मंसिरमा बुटवलमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले प्रतिरोध संघर्षका कार्यक्रम तय गरेको थियो। बैठकले भ्रष्टाचारी नामावाली तयार गर्दै भण्डाफोर गर्ने कार्यक्रम तय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell