PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

बीपीएलमा पनि सन्दीपको शानदार डेब्यु, भिक्टोरिएन्स विरुद्ध किफायती बलिङ गर्दै लिए २ विकेट



पहिलोपोस्ट

बीपीएलमा पनि सन्दीपको शानदार डेब्यु, भिक्टोरिएन्स विरुद्ध किफायती बलिङ गर्दै लिए २ विकेट

काठमाडौँ : सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा पनि शानदार डेब्यु गरेका छन्। ब्याटिङमका नटआउट एक रन बनाएका सन्दीपले बलिङमा २ विकेट लिए।

कमिला भिक्टोरिएन्स विरुद्धको खेल उनले सिलेट सिक्सर्सका लागि किफायती बलिङ गर्दै ४ ओभरमा १६ रन मात्र खर्चेर २ विकेट लिएका हुन्।

सुरुको दुई ओभरमा ८ रन खर्चिए पनि विकेट लिन नसकेकपनि पछिल्लो दुई ओभरमा सन्दीपले ८ रन नै खर्चँदै २ विकेट लिएका हुन्।

पहिलो ओभरमा ५ रन दिएका सन्दीपले दोस्रो ओभरमा ३ रन मात्र खर्चे। यस्तै तेस्रो ओभरमा सन्दीपले ६ रन दिँदै १ विकेट लिएका थिए। १३औँ ओभरकमो अन्तिम बलमा सन्दीपले सोएब मल्लिकलाई सविर रहेमानको हातबाट क्याचआउट गराएका थिए।

यस्तै १५औँ ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गरेका सन्दीपले २ रन मात्र खर्चँदै १ विकेट लिए। उनले उक्त ओभरको दोस्रो बलमा अनामुल हकलाई बोल्ड गरेका थिए।

सन्दीपले २४ बल बलिङ गर्दा १२ बल डट फाले भने दुई वाइड दिए। उनले कुनै चौका र छक्का भने दिएनन्।

टस हारेर पहिले ब्याटिङ गरेको सिलेट सिक्सर्सले खराब ब्याटिङ गरेपछि सन्दीपको समेत ब्याटिङ गर्ने पालो आएको थियो। नवौँ नम्वरमा ब्याटिङ गरेका सन्दीपले अन्तिम ओभरको २ बल खेल्दै एक रन बनाएका थिए।

अष्ट्रेलियामा भइरहेको बिग बास लिग (बीबीएल) पनि शानदार डेब्यु गरेका सन्दीपले मेलवर्न स्टार्सका लागि सुरुवाती ४ खेल खेल्दै ८ विकेट लिएका थिए। बीबीएलमा उत्कृष्ट प्रदर्शन गरेका कारण सन्दीपले सिलेट सिक्सर्सको पहिलो रोजाईँमा स्थान बनाउन दक्षिण अफ्रिकाका अनुभवी स्पिनर इमरान ताहिरलाई पछि पारेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell