
काठमाडौँ : लिग सुरु हुनुअघि उपाधिको दाबेदार मानिएका मध्ये थ्री स्टार क्लब र त्रिभुवन आर्मी 'शहिद स्मारक ए डिभिजन लिग २०७५' मा क्रमश: तेस्रो र चौथो बनेका छन्।
यसअघि नै मनाङ (३६) च्याम्पियन बनिसकेको छ भने संकटा (२८) दोस्रो भएको छ।
आइतवार कएको खेलमा थ्री स्टारले हिमालयन शेर्पालाई २-० ले पराजित गर्दै तेस्रो स्थान पक्का गरेको हो। जितपछि थ्री स्टारले १३ खेलबाट २६ अंक जोड्यो।
एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारका लागि बुद्ध राज लिम्बुले २८औँ र रन्जन विष्टले ८९औँ मिनेटमा गोल गरे।
अघिल्लो खेलमा संकटासँग पराजित भएपछि थ्री स्टारले दोस्रो हुने मौका गुमाएको थियो। परायपछि शेर्पा भनेर् शीर्ष ६ मा पर्न असफल भएको छ र सातौँ स्थानमा रहेर लिग सकाएको छ। यस नतिजापछि नेपाल पुलिस क्लब छैटौँ भएको छ।
यस्तै विभागीय टोली आर्मी मछिन्द्रलाई ३-० ले पराजित गर्दै चौथो भएको छ। आर्मीको जितमा कप्तान भरत खवासले दुई तथा टंक बहादुर बस्नेतले एक गोल गरे। टंकले २८औँ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए भने भरतले दोस्रो हाफमा दुई गोल थपे। ६२औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका भरतले ७३औँ मिनेटमा पेनाल्टीबाट अर्को गोल गरे।
आर्मीले १३ खेलबाट २५ अंक जोडेको हो। उता यस सिजन एनआरटीसमान ८ खेल हारेको मछिन्द्रले भने अर्को सिजन अंक गुमाउने भएको छ। हारपछि मछिन्द्र अन्तिम दुईमा रहने निश्चित भएको हो। १३ खेलबाट मछिन्द्रको ७ अंक मात्र छ र पुछारबाट दोस्रोमा छ। यस्तै एक खेल कम खेलेको एनआरटी ६ अंकसहित १४ टोली सहभागि लिगमा पुछारमा छ।
एनआरटीले पनि अर्को सिजन अंक गुमाउने सम्भावना बढी छ। एनआरटीले लिगको अन्तिम खेलमा ब्रिगेड ब्वाइजसँग खेल्दैछ र पुछारबाट तेस्रोमा रहेको फ्रेण्ड्सले च्याम्पियन बनिसकेको मनाङ मर्स्याङ्दीसँग खेल्नेछ। एनआरटीले ब्रिगेडलाई हराएमा र फ्रेण्ड्सपनि मनाङसँग पराजित भएइमा मात्र एनआरटीले पुछारको दुई स्थान छाड्न सक्छ। अन्य नतिजाले भने एनआरटी पूछारको दुई स्थानमै रहनेछ।
१२ खेल खेलेका ब्रिगेड र फ्रेण्ड्सको समान ९ अंङ्क छ र गोलअन्तरमा ब्रिगेड अगाडी छ।
यी दुई खेल मंगलावर हुनेछ। यस्तै लिगअन्तर्गत सोमवार हुने एक मात्र खेलमा एपीएफ र संकटा भिड्दैछन्। साढे २ बजे सुरु हुने खेलमा एपीएफले घरेलु मैदानमै संकटासँग खेल्नेछ। १२ खेलबाट २० अंक जोडेको एपीएफ जस्तो नतिजा आएपनि पाँचौ हुने पक्का छ।
अंकतालिका: