PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

नेपाली क्रिकेट सम्बन्धी फिल्म निर्माण घोषणा, सुनोद श्रेष्ठको मुख्य भुमिका



पहिलोपोस्ट

नेपाली क्रिकेट सम्बन्धी फिल्म निर्माण घोषणा, सुनोद श्रेष्ठको मुख्य भुमिका

अष्ट्रेलियाको सिड्नीमा नेपाली क्रिकेट फिल्म निर्माण घोषणा भएको छ। आइतबार आयोजित कार्यक्रमकाबीच फिल्ममा सुनोद श्रेष्ठको मुख्य भुमिका रहने जानकारी समेत दिइयो।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसका सद्भावना दुत रहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले फिल्म निर्माण हुने जानकारी दिएका हुन्। कप्तान खड्काले खेलकुद विधामा कम फिल्म निर्माण भइरहेको अवस्थामा यसको घोषणा उत्साहजनक भएको बताए।

'फिल्ममा सफल क्रिकेटर बन्नका लागि गर्नुपर्ने संघर्षको कथा समावेश हुनेछ,’ खड्काले भने।

 मुख्य अभिनेता रहने श्रेष्ठको यो डेब्यु फिल्म हुनेछ। उनले यसअघि दुई दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका छन्। श्रेष्ठले अष्ट्रेलियामा अभिनय सम्बन्धी विषयमा डिप्लोमा कोर्ष समेत गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell