PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

विश्व च्याम्पियन महेश्वर नगदसहित सम्मानित



पहिलोपोस्ट

विश्व च्याम्पियन महेश्वर नगदसहित सम्मानित

काठमाडौँ : नेपाल खेलाडी तथा प्रशिक्षक संघले विश्व शारीरिक सुगठनका स्वर्ण विजेता नेपाली खेलाडी महेश्वर महर्जनलाई आइतबार नगद ५० हजार सहित सम्मान गरेको छ।

थाइल्यान्डको चाङमाइमा गत डिसेम्बरमा भएको १० औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको शारीरिक सुगठनतर्फ पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए।

सोही अवसरमा दुबई जुनियर इन्टरनेसनल सिरिजको पुरुष सिंगल्सका स्वर्ण विजेता प्रिन्स दाहाल, फुटबल रेफ्री विना श्रेष्ठ र एभरेष्ट मार्सल आर्ट क्लब, दुबईका टेक्निकल डाइरेक्टर एवं प्रमुख प्रशिक्षक करातेका रवि शाहीलाई पनि सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।

उनीहरुलाई पूर्व युवा तथा खेलकुद मन्त्री शरतसिंह भण्डारी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, राखेपका पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जन, खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जन, डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनका संस्थापक डा. खगेन्द्र श्रेष्ठलगायतले सम्मान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell