PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

ला लिगा : मेसी र सुअरेजको गोलमा बार्सा विजयी, सोसिडाडसँग रियल पराजित, एट्लेटिको र सेभियाले खेले बराबरी



पहिलोपोस्ट

ला लिगा : मेसी र सुअरेजको गोलमा बार्सा विजयी, सोसिडाडसँग रियल पराजित, एट्लेटिको र सेभियाले खेले बराबरी

लियोनल मेसी र लुइस सुअरेजको गोलमा बार्सिलोनाले स्पानिस ला लिगामा गेटाफेलाई पराजित गर्दै दोस्रो स्थानको एट्लेटिको मड्रिडमाथि ५ अंकको अग्रता बनाएको छ।

त्यसअई एट्लेटिकोले सेभियासँग बराबरी खेलेको थियो। यस्तै रियल मड्रिड रियल सोसिडाडसँग पराजित भएको छ। हारपछि रियल बार्साभन्दा १० अंकले पछाडि परेको छ।

बार्सिलोनाले गेटाफेलाई उसैको मैदानमा २-१ ले हरायो। तीन वटै गोल पहिलो हाफमै भएको खेलमा कप्तान मेसीले २०औँ र सुअरेजले ३९औँ मिनेटमा गोल गरेका थिए। यस्तै गेटाफेका लागि घरेलु मैदानमा जेमी माटाले ४३औँ मिनेटमा एक गोल फर्काए।

जितपछि बार्सिलोनाले १८ खेलबाट ४० अंक जोडेको छ।

यस्तै दोस्रो स्थानको एट्लेटिको र तेस्रो स्थानको सेभियाले १-१ को बराबरी खेल्दै अंक बाँडे। घरेलु मैदानमा विसम वेन येडरले ३७औँ मिनेटमा गोल गर्दै सेभियालाई पहिले अग्रता दिलाएका थिए। तर ४५औँ मिनेटमा एन्टोनी ग्रिजमनले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे।

बराबरीपछि १८ खेलबाट ३५ अंकका साथ एट्लेटिको दोस्रो र ३३ अंक जोडेको सेभिया तेस्रो स्थानमा यथावत छ।

उता दश खेलाडीमा झरेको रियल मड्रिड भने रियल सोसिडाडसँग २-० ले पराजित भयो। खेलको तेस्रो मिनेटमै विलियन जोसले पेनाल्टीमा गोल गर्दै घरेलु टोली सोसिडाडलाई अग्रता दिलाएङ्का थिए।

पहिलो हाफमा एक गोलले पछि परेको रियलले बराबरी गोल फर्काउने प्रयास गरेपनि सम्भव हुन सकेन। ६१औँ मिनेटमा लुकनस भजक्वेज रातो कार्ड खाँदै मैदान बाहिरिएपछि रियललाई अर्को झड्का लाग्यो। त्यसैको फाइदामा ८३औँ मिनेटमा रुवेन पार्डोले गोल थप्दै सोसिडाडलाई शानदार जित दिलाए।

जितपछि १८ खेलबाट २२ अंक जोडेको सोसिडाड ११औँ स्थानमा उक्लेको छ।

हारपछि रियलले चौथो स्थानमा उक्लने मौका गुमायो। रियलको १८ खेलबाट ३० अंक छ। भ्यालेन्सियालाई पराजित गर्द ३१ अंक जोडेको अलाभेज चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell