काठमाडौः नेपाल बायुसेवा निगमले भित्र्याएको दुई वटै वाइडबडी जहाज उसको आफ्नै स्वामित्वमा रहेको नियामक निकायले प्रष्टीकरण दिएको छ।
पर्यटनमन्त्री रविन्द्र अधिकारीले डाकेको आकस्मिक पत्रकार सम्मेलनमा निगमकै स्वामित्वमा दुबै जहाज रहेको नियामकले जनाएको हो।
वायु सेवा कम्पनीहरुको नियामक नेपाल नागरिक उड्डयान प्राधिकरणले आफ्नो वायुयान दर्ता किताबमा स्वामित्व निगमको रहेको जनाएको छ। प्राधिकरणका एक अधिकारीले पत्रकार माझ खरीद गरेर आउने र लिजमा आउने जहाजको दर्ता प्रकृया नै छुट्टै हुने भन्दै उनले निगमको नाममा जहाज दर्ता रहेको बताएका हुन्।
उनले भने, यो जहाज खरीद गर्दा ऋण दिने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको अनुरोधमा जहाज यी दुई निकायको नाममा रोक्का छन्। उनले भार वहन क्षमताका बारेमा पनि अनावश्यक टिप्पणी भइरहेको बताए।
'निगमले २०० सिरिजको जहाज मगाएको हो। यसमा २०० भित्र पर्ने सबै नम्बरहरु पर्छन्। २०० भनेको फेमिली हो' ती अधिकारीले पत्रकार सम्मेलनमा भने, 'त्यसले निगमले मगाएको स्पेसिकेसन अनुसार नै जहाज आएको छ।'