PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सात प्रदेशका कलाकारको 'सप्तरङ्ग' यात्रा



पहिलोपोस्ट

सात प्रदेशका कलाकारको 'सप्तरङ्ग' यात्रा

काठमाडौं : माघ १८ गतेदेखि फागुन २ गते सम्म सांगितिक यात्रा 'सप्तरङ्ग' हुने भएको छ। गृष्मा ब्रोडकाष्टिनङले आयोजना गर्ने कार्यक्रममा सात प्रदेशका प्रतिनिधि कलाकार हुनेछन्।

कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्ट उपस्थित हुने बताइएको छ।

दमकबाट सुरु हुने 'सप्तरङ्ग' माघ २० गते जनकपुर, माघ २२ गते नारायणगढ, माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागुन २ गते पोखरामा आयोजना हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell