PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

अष्ट्रेलिया विरुद्ध टेष्ट सिरिज जितेपछि भारतीय कप्तान विराट र अनुष्काको सेलेब्रेसन

अष्ट्रेलिया विरुद्ध टेष्ट सिरिज जितेपछि भारतीय कप्तान विराट र अनुष्काको सेलेब्रेसन

पहिलोपोस्ट /पहिलोपोस्ट


अष्ट्रेलियालाई टेष्ट क्रिकेटमा उसैको भूमिमा पहिलो पटक हराएपछि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले नयाँ कीर्तिमान बनाए।

चार खेलको सिरिजमा अष्ट्रेलियालाई २-१ ले पराजित गरेपछि कोहली अष्ट्रेलियामा टेष्ट सिरिज जित्ने पहिलो एसियन र भारतीय कप्तान बने।

उनले यस सिरिज जितलाई २०११ को वर्ल्डकप भन्दा माथि रहेको बताएका छन् भने यस जितले भारतको नयाँ परिचय समेत दिएको प्रतिक्रिया दिए।

जितपछि कप्तान कोहलील अभिनेत्री श्रीमती अनुष्का शर्मासँग मैदानमै सेलेब्रेसन गरेको तस्बिर अहिले भाइरल नै बनेको छ।

 

PHOTO : FILMFARE/FACEBOOK



ट्रेन्डिङ पोस्ट

Ncell