PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

'चौका दाउ'लाई सेन्सर बोर्डले दियो पिजी सर्टिफिकेट



पहिलोपोस्ट

'चौका दाउ'लाई सेन्सर बोर्डले दियो पिजी सर्टिफिकेट

काठमाडौं:  फिल्म 'चौका दाउ'ले सेन्सर बोर्डबाट पिजी (प्यारेन्टल गाइडलाइन) सर्टिफिकेट पायो। सौर्य प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई १६ वर्ष मुनीका बालबालिकाले अभिभावकको साथमा गएर मात्र हेर्न पाउने छन्।

पूणेन्दू झाले निर्देशन गरेको फिल्म पुस २७ गतेबाट रिलिज हुँदैछ।

हास्यप्रधान फिल्मलाई दीर्घ गुरुङले खिचेका हुन्। त्यस्तै मित्रदेब गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको नृत्य निर्देशन रहेको छ। सन्तोष पन्त, तैयव शाह वर्षा राउत, अजश्र ढुंगाना, विल्सिन विक्रम राई, रविन्द्र झा, निर्मल शर्मा, सोनिका केसी, श्याम राई, शिवशंकर रिजाल (जोगिन्दर) लगायतको अभिनय छ।

पटकथा अभिमन्यू निरवीको लेखेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell