PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

‘ह्रदय भरी’मा पल शाहसँगै देखिँदै श्रद्धा क्षेत्री



पहिलोपोस्ट

‘ह्रदय भरी’मा पल शाहसँगै देखिँदै श्रद्धा क्षेत्री

काठमाडौं: फिल्म ‘ह्रदय भरी’ बन्ने घोषणा भएको छ। सुरज सुब्बा नाल्बोको निर्देशनमा फिल्म बन्ने भएको हो। फिल्ममा अभिनेता पल शाहसँगै नव अभिनेत्री श्रद्धा क्षेत्री अनुबन्धित भएका छन्। यो श्रद्धाको डेब्यू फिल्म हो। यसअघि उनी कोलकत्तामा मोडलिङ गर्थिन्।

हालै ‘बीर बिक्रम २’को छायाँकन सकेका पलले फिल्ममा नयाँ अभिनेत्रीसँग रोमान्स गर्ने भएका हुन्। फिल्ममा पल र श्रद्धासँगै निर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवंर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, कविता रेग्मीलगातो अभिनय छ।

एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा बन्ने फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहनेछ। निर्माण टिमले फिल्मको फस्ट लुक पनि सार्वजनिक गरेका छन्।

फागुन २२ गतेदेखि छायाँकनमा जाने फिल्ममा फिल्ममा मानकृष्ण महर्जनको छायाँकन, अर्जुन पोख्रेल, हरी लम्साल, दिपक शर्माको संगीत, कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी, केदार भुषालको कथा, बिपिन मल्लको सम्पादन रहनेछ।

      

      

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell