PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

वडा सचिवको ‘इन्ट्री’ रक्सी सेवनपछिमात्र, सेवाग्राही आजितः वडाध्यक्ष भन्छन्, ‘प्रहरी कहाँ १२ पटक पठाइसकें, सुध्रिएनन्’



एम बम

वडा सचिवको ‘इन्ट्री’ रक्सी सेवनपछिमात्र, सेवाग्राही आजितः वडाध्यक्ष भन्छन्, ‘प्रहरी कहाँ १२ पटक पठाइसकें, सुध्रिएनन्’

कैलालीः ‘उहाँले बिहान ४ बजेबाट चिसो चिया पिउन शुरु गर्नु हुन्छ, हामी १२ बजे खाना खान्छौँ, उहाँलाइ चिसो चिया नै चल्छ,’ धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भागीराम चौधरीको भनाई। 


कार्यालयमा पुग्दा सेवाग्राहीहरु कार्यालय बाहिर आजित भएर बसेका थिए, वडा सचिव करुणाकर जोशी भित्र गफमा मस्त। कार्यालय समय भन्दा २ घण्टा अगावै रक्सीले मात्तिएर कार्यालयमा पुगेका वडा सचिवले ६ घण्टासम्म पनि कसैको काम गर्न भ्याएका छैनन्। सेवाग्राहीको भने भीड लागिसक्यो। काराण उनी बिहानैबाट रक्सीको मातमा थिए। 


यो उनको दैनिकी जस्तै हो। ‘प्राय रक्सी पिएरै आउनुहुन्छ, थोरै दिन काम गर्न भ्याउनु हुन्छ, धेरै दिन यसरी नै बित्छन्। सेवाग्राहीको गुनासो। वडा अध्यक्ष भने सोमबार बिहानैबाट विद्युतका पोलहरुको सर्वेक्षणका लागि बाहिर थिए। 


बालविकासको भवनको सिफारिसका लागि वडा कार्यालय पुगेका स्थानीय शिव कुवँरले सचिवले रक्सी खाएर आफ्नो काम नगरी दिएको गुनासो गरे। ‘काम गरिदिनुस् भनेर कुरेको ४ घण्टा भयो न वडाध्यक्ष आउनुहुन्छ,  सचिवको ताल यस्तो छ।’ सधैँजसो रक्सी खाएर कार्यालयमा आउने सचिवलाई कारवाही नथाले आन्दोलन थाल्ने उनले चेतावनी दिए।  


वडाध्यक्षले कारवाहीका लागि नगपालिकामा पटक पटक सिफारिस गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे। ‘मेयर सा’बले कर्मचारी नभएर यसै सचिवबाट काम चलाउन भन्नु भएको छ। प्रहरी कहाँ १२ पटक पठाइसकेँ, प्रहरीले पनि अब हामी केही गर्न सक्दैनौँ भन्छन्,’ उनले भने, ‘अब हामीले पो के गर्ने?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell