PahiloPost

Jun 24, 2026 | १० असार २०८३

रोल्पामा बस दुर्घटनाः दुई जनाको मृत्यु, २६ घाइते



पहिलोपोस्ट

रोल्पामा बस दुर्घटनाः दुई जनाको मृत्यु, २६ घाइते

रोल्पाः लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २६ यात्रु घाइते भएका छन्।

सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग १ ख ५५२१ नम्बरको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा बस चालक प्यूठान स्वर्गद्धारी नगरपालिका–५ सारीका नमराज आले तथा यात्रु रोल्पा लुङ्ग्री गाउँपालिका–५ का ११ महिनाका बालक नितेश विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते १४ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ। अन्यको सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell