PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मनोज गजुरेल भन्छन् 'सय कडा दश' चलेमात्र अर्को फिल्म



पहिलोपोस्ट

मनोज गजुरेल भन्छन् 'सय कडा दश' चलेमात्र अर्को फिल्म

काठमाडौं: कमेडियन मनोज गजुरेलको डेब्यू फिल्म हो 'सय कडा दश'। फिल्ममा उनी मुख्य भुमिकामा छन्।

'सय कडा दश'ले उठाएको विषय मन परेका कारण फिल्म गरेको गजुरेल बताउँछन्। कलाकारितामा समाज जोडिनपर्ने तर्क गर्छन् मनोज। उनले भने 'बजारमा के बिक्छ भन्ने होइन, फिल्मले समाजलाई के दिन्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। यो फिल्म सामाजिक रुपान्तरणका लागि एक अभियान पनि हो। त्यसैले मैले यो फिल्म गरें।'

फिल्ममा प्रेम भर्सेस भ्रष्टाचारको कथा प्रस्तुत गरिएको छ। उनले भ्रष्टाचार घुस दिने र लिनेमात्र नभएको बताए।  'भ्रष्टाचार घुस लिने र दिने मात्र होइन। भ्रष्ट आचरण, उसको खानपान, जीवनशैली, उसले सोच्ने तरिका, यी सबै गतिविधि सबै भ्रष्टाचारसँग जोडिएका छन्,’ उनले भने ‘कहिलेकाहीँ म आफैलाई सोध्छु के म पूर्ण रुपमा सदाचार हुँ त?'

फिल्मले भ्रष्टाचार नियन्त्रणका लागि प्रेम आवश्यक रहने विषय उठाउन खोजेको उनको दाबी छ। ‘हाम्रो फिल्मले भष्टाचार नियन्त्रणका लागि प्रेम आवश्यक रहेको सन्देश दिन्छ’ गजुरेलले भने।

फिल्मले दर्शकको साथ पाउनेमा आशावादी छन्। 'सय कडा दश' चल्यो भने फिल्म यात्रालाई निरन्तरता दिने उनको योजना छ। ‘यो मेरो पहिलो फिल्म हो। यो फिल्मबाट दर्शकले मलाई रुचाउनु भयो भने, म नयाँ फिल्म गर्छु।'

फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन्। फिल्म आगामी माघ १८ गतेदेखि प्रदर्शनमा आउने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell