PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

प्रिन्स र प्रफुल अन्तिम आठमा



पहिलोपोस्ट

प्रिन्स र प्रफुल अन्तिम आठमा
प्रिन्स दाहाल, फोटो : राखेप

नेपालका प्रिन्स दाहाल र प्रफुल महर्जनले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनअन्तर्गत यू-१९ तर्फ अन्तिम आठ मा प्रवेश गरेका छन्।

प्रिन्सले प्रियान्सु क्षेत्रीलाई २१-१३, २१-११ ले तथा महर्जनले नेपालकै सुरज गुप्तालाई २१-८, २१-११ ले पराजित गरे।

यसैगरि अन्तिम आठमा स्थान बनाउनेमा नेपालका सत्यम सुब्बा, प्रनिष सिंह ठकुरी, पविन लिन्थेप, म्यानमारका थु रिन रहेका छन्।

सत्यमले नेपालकै सफल थापालाई २१-१९, २१-१६ ले हराए। प्रनिषले नेपालकै देवराज रानालाई १७-२१, २२-२०, २१-१९ ले हराए। पविनले नेपालका दिवश बिश्वकर्मालाई १९-२१, २१-१०, २१-१४, थु रिनले नेपालका पेम्बा शेर्पालाई २१-१५, २१ -१२ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे।

मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यू-१५ तर्फ नेपालका रोहित बराल, बिवेक चौधरी, उज्जल श्रेष्ठ र नरेन्द्र बमले पनि अन्तिम आठमा स्थान पक्का गरे। रोहितले भारतका अनोज क्षेत्रीलाई २१-१३, २१-१४ ले, बिवेकले नेपालकै जोन जसराजलाई २१-१६, २१-१८, उज्जलले भारतका मिङ्गमा छिरिङ्ग लेप्चालाई २१-१४, २१-१४, नरेन्द्रले नेपालकै अनिष खतिवडालाई २१-१९, २१-१७ ले पराजित गर्दै अन्तिम आठमा पुगेका हुन् ।

२ लाख ५० हजार बराबरको पुरस्कार राशी रहेको प्रतियोगितामा यू-१५ ब्वाईज र गर्ल्स एकल तथा यू-१९ ब्वाईज र गर्ल्स एकल तथा युगल गरि ६ स्पर्धामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन्। करिव २० लाखको लागत रहेको प्रतियोगितामा पहिलो हुनेले २ सय, दोश्रोले १ सय र तेश्रो हुनेले ५० युएस डलर नगद पुरस्कारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell