PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

सुदूरपश्चिम खप्तड गोल्डकप : आयोजक सुप ११ उद्घाटन खेलबाटै बाहिरियो



पहिलोपोस्ट

सुदूरपश्चिम खप्तड गोल्डकप : आयोजक सुप ११ उद्घाटन खेलबाटै बाहिरियो

धनगढी : गोलरक्षक दिप कार्कीले उत्कृष्ट प्रदर्शन गरेपछि मेची नेत्रालय काक्करभीट्टा ट्रेनिङ सेन्टर तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप २०७५ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

मंगलवार भएको उद्घाटन खेलमा काक्करभिट्टाले आयोजक सुदूरपश्चिम ११ क्लबलाई सडनडेथमा पराजित गरेको हो

धनगढी रंगशालामा मंगलबार खेलको सडन डेथमा आयोजक सुप ११ का लावल ओलाकानको प्रहार अकासिएपछि काक्करभीट्टाको जित पक्का भएको थियो। त्यसअघि सडन डेथमा नै माधव भण्डारीको प्रहारलाई दिप कार्कीले उत्कृष्ट बचाउ गर्दै सुदूरलाई जित दर्ता गर्नबाट बाधक बनेका दिपले त्यसअघि सुदूरका राकेश हमालको प्रहार पनि बचाएका थिए।

सुदूरका लागि अब्दुल रहमान, नरेन्द्र चौधरी, विजय ठकुरी, विनोद केसी, फिलिम तामाङ र चेतन कुमार थारुले गोल गरे। काक्करभीट्टाका भुषण लिम्बू, अजित गुरुङ, विश्वास श्रेष्ठ, दिप कार्की, निशान लिम्बू, विकास राई र विशाल राईले गोल गरे। कप्तान खामिर गिल्सान र लक्ष्मण जिसीको प्रहार भने गोल हुन सकेन।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका काक्करभीट्टाका गोलरक्षक दिप कार्की म्यान अफ द म्याच भए। उनले १० हजार रुपैयाँ हात पारे।

काक्करभीट्टाले अब पुष २८ गते एपीएफसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताअन्तर्गत बुधबार नेपाल पुलिस क्लबले मोरङ-११ सँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell