PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

एमएम कप क्रिकेट : रोहित पौडेल र भिम शार्कीको अर्धशतक र शाहब आलमको उत्कृष्ट बलिङमा आर्मीको विजयी सुरुवात



पहिलोपोस्ट

एमएम कप क्रिकेट : रोहित पौडेल र भिम शार्कीको अर्धशतक र शाहब आलमको उत्कृष्ट बलिङमा आर्मीको विजयी सुरुवात

सुनसरी : युवा खेलाडीहरु रोहित पौडेल, भिम शार्की र शाहब बलमले उत्कृष्ट प्रदर्शन गरेपछि त्रिभुवन आर्मीले मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

रोहित र भिमको अर्धशतक अनी शाहबको ४ विकेटपछि आर्मीले समुह ‘बी’ को पहिलो खेलमा प्रदेश नम्बर ३ लाई ११८ रनले पराजित गरेको हो।

इनरुवा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले रोहितको नटआउट ८० र धिमको ७१ रन मद्दमा ५० ओभर खेल्दै ५ विकेट गुमाएर २८८ रन बनाएको थियो। रोहितले ४९ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरे। भिम शार्कीले ७१ तथा कप्तान विनोद भण्डारीले ४८ रन बनाए।

प्रदेश नम्बर ३ का प्रतिस जिसी र जितेन्द्र ठकुरीले २-२ तथा सुर्य तामाङले १ विकेट लिए।

२८९ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर ३ ले ३६.२ ओभरमा सबै विकेट गुमाएर १७० रन मात्रै बनाउन सक्यो। प्रदेश ३ का लागि इशान पाण्डेले सर्वाधिक ७५ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न कसेनन्। पाण्डेले ९१ बल खेल्दै १२ चौका र १ छक्का प्रहार गरे। यस्तै आदील खानले ३२, जितेन्द्र ठकुरी र सोनु तामाङले  समान १६ रन बनाए।

प्रदेश नम्बर ३ लाई अलआउट गर्न आर्मीका शाहब आलमले ५.२ ओभरमा १ मेडन राख्दै १४ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै विक्रम सोब र जितेन्द्र मुखियाले २-२ विकेट लिए।

आर्मीका रोहित पौडेल प्लेअर अफ दि म्याच घोषित भए। प्रतियोगिताअन्तर्गत बुधवार आर्मी र प्रदेश नम्बर ६ बीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell