PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

इएफएल कप : केनको पेनाल्टी गोलमा टोटनहमले चेल्सीलाई हरायो



पहिलोपोस्ट

इएफएल कप : केनको पेनाल्टी गोलमा टोटनहमले चेल्सीलाई हरायो

ह्यारी केनले पेनाल्टीमा गरेको एक मात्र गोलको मद्दतमा टोटनहमले इएफएल कप सेमिफाइनलको पहिलो लेगमा लण्डन प्रतिद्वन्दी चेल्सीलाई पराजित गरेको छ।

लण्डनको वेम्लीमा भएको खेलमा केनले पहिलो हाफमा भिएआरको सहयता मार्फत गोल गरेका थिए।

पहिलो लेग १-० ले जित्दै टोटनहमले दोस्रो लेगको लागि सहज बनाएको छ।

२६औँ मिनेटमा चेल्सीका गोलकिपर केपाले केनलाई फल गरेपछि रेफ्री माइकल ओलिभर भिएआरको सहयोगमा पेनाल्टी दिएका थिए र त्यसमा केनले गोल गरेका हुन्।

टोटनहमले अब दोस्रो लेग जनवरी २४ मा चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा खेल्नेछ।

टोटनहमले सन् १९६३ पछि सबै खाले प्रतियोगितामा गरेर चेल्सीलाई लगातार तीन खेलमा पराजित गरेको यो पहिलो पटक हो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell