PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

नेकपा गण्डकी प्रदेशसभाको प्रमुख सचेतकमा अधिकारी



पहिलोपोस्ट

नेकपा गण्डकी प्रदेशसभाको प्रमुख सचेतकमा अधिकारी

कास्कीः गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ।

नेकपा कास्कीको संसदीय दलको बैठकले प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङलाई चयन गरेको प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले जानकारी दिए।

साविक नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि दलको नेतामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चयन भइसकेका छन्। नेकपामा दलको उपनेता र संसदीय बोर्डको गठन गर्न बाँकी छ।

अधिकारी यसअघि नेकपा एमालेका तर्फबाट र गुरुङ माओवादीका तर्फबाट प्रमुख सचेतक थिए। दलको बैठकमा सरकारको काम कारवाही, अन्तरप्रदेश समन्वय परिषद्को हालै सम्पन्न भएको बैठकका निर्णय लगायतका विषयमा दलका नेतासमेत रहेका मुख्यमन्त्री गुरुङले सदस्यलाई जानकारी गराएको सदस्य बरालले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell