PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

मोहमद सलाह बने अफ्रिकन प्लेअर अफ दि इअर



पहिलोपोस्ट

मोहमद सलाह बने अफ्रिकन प्लेअर अफ दि इअर

इंग्लिस क्लब लिभरपुलबाट व्यवसायिक फुटबल खेल्ने इजिप्टका स्ट्राइकर मोहमद सलाहले अफ्रिकन प्लेअर अफ दि इअर को अवार्ड जितेको छन्।

२६ वर्षीय सलाहले लिभरपलकै टिममेट सेनेगलका साडियो माने र आर्सनलबाट प्रिमियर लिग खेल्ने गावोनका पिएरे एमरिक औवामेयाङलाई पछि पछि पार्दै लगातार दोस्रो पटक यो अवार्ड जितेका हुन्।  

वर्ष २०१८ मा राष्ट्रिय टिम र क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका कारण सलाहले अवार्डको हकदार बने।

सेनेगलको डकारमा भएको अवार्ड समारोहमा उनले अवार्ड ग्रहण गरेका हुन्। यस्तै सलाह अफ्रिकन टिम अफ दि इअरमा समेत परेका छन्।

'मैले सानैदेखि यो अवार्ड जित्ने सपना देखेको थिएँ र अहिले मैले लगातार यो दोस्रो पटक यो उपलब्धी हासिल गरे।' सलाहले भने, 'मेरो परिवार, टिममेट र फ्यानहरु सबैलाई धन्यवाद। म मेरो जन्मस्थान इजिप्टलाई यो अवार्ड डेडिकेट गर्न चाहन्छु।'

सन् २०१८ मा अन्तराष्ट्रिय फुटबलका साथै देशका लागि पुर्याएको योगदानका आधारमा सलाहलाई यो अवार्ड दिएको हो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell