PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

लोकसेवाले सात प्रदेशको लागि १९३ जना नासु माग्यो, माघ १५ गतेसम्म अनलाइन आवेदन दिन मिल्ने

लोकसेवाले सात प्रदेशको लागि १९३ जना नासु माग्यो, माघ १५ गतेसम्म अनलाइन आवेदन दिन मिल्ने

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः लोक सेवा आयोगले ७ वटा प्रदेश स्तरीय कार्यालयबाट १९३ जना नायव सुब्वाको लागि दरखास्त आह्वान गरेको छ।

आयोगले काठमाडौँबाट सबैभन्दा धेरै ९९ जनाको लागि माग गरेको छ भने सबैभन्दा कम सुर्खेत कार्यलयबाट ७ जनाको लागि दरखास्त आह्वान गरेको छ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाण पत्र वा सो सरह उत्तीर्ण गरेकाले नासुको लागि आवेदन दिन पाउने लोक सेवा आयोगले जनाएको छ।
योग्यता पुगेका आवदेकले माघ १५ गतेसम्म आवदेन दिन पाउने छन्। त्यस्तै दोब्बर दस्तुर तिरेर माघ २२ गतेसम्म पाइनेछ।

आवेदन दिनको लागि लोकसेवा आयोगको अनलाइन प्रणालीमार्फत दिनु पर्नेछ। अनलाइन आवेदन दिएपछि राष्ट्रिय बाणिज्य बैंक वा ग्लोबल आइएमई बैंकको शाखा कार्यलयबाट तोकिएको दस्तुर बुझाउनु पर्नेछ।

आयोगले पहिलो चरणमा प्रारम्भिक परीक्षा लिनेछ। प्रारम्भिक परीक्षा उत्तीर्ण गरेकाहरुले द्धितीय चरणको परिक्षामा भाग लिन पाउने जनाएको छ।

जुन प्रदेश स्तरीय लोकसेवा कार्यलयबाट आवदेन दिइएको छ त्यहि अन्तर्गतको कार्यलयले तोकिएको स्थानबाट परीक्षा दिनुपर्ने हुन्छ। परीक्षा दस्तुर ४०० रुपैयाँ तिर्नु पर्नेछ। समावेशी तर्फको लागि आवदेन दिएमा थप २०० रुपैयाँको दरले भुक्तानी गर्नु पर्ने आयोगले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell