PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सहकर्मीलाई जबरजस्ती गरेको आरोपमा एक पक्राउ



पी बी खड्का

सहकर्मीलाई जबरजस्ती गरेको आरोपमा एक पक्राउ

सुर्खेत: सुर्खेतको वीरेन्द्रनगरमा क्रिश्चियन धर्मावलम्बीको केरल उत्सव हेर्न आएको सहकर्मीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

गत मंसिर २७ गते साँझ ९ बजे वीरेन्द्रनगरको खुला मञ्चमा बलात्कार गरेको आरोपमा ३६ वर्षीय चिरञ्जीवि गैरेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

‘मंसिर २७ गते साँझ ९ बजेतिर खुलामञ्चमा गैरेले बलात्कार गरेको पीडितको उजुरी परेको थियो।’ जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदिपबहादुर क्षेत्रीले भने,‘सोही उजुरीका आधारमा पुस १२ गतेनै पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ।’ अहिले सुर्खेत जिल्ला अदालत मुद्धा दायर भएको र कारवाहीको प्रक्रिया अघि बढाईएको उनको भनाई छ। 

क्रिश्चियन धर्मावम्बीको आयोजित केरल उत्सवमा राति घर पु्र्‍याइदिने भन्दै वीरेन्द्रनगर पालिकाको–८को खुला मञ्चमा बलात्कार गरेको पीडित महिलाको जाहेरीमा उल्लेख छ। स्थित इमानुयल बोर्डिङ स्कुलमा सँगै काम गर्ने सहकर्मी समेत हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell