PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सुवास र शुक्र फाल्डो सिरिज एसियाका लागि छनोट



पहिलोपोस्ट

सुवास र शुक्र फाल्डो सिरिज एसियाका लागि छनोट

काठमाडौँ : सुवास तामाङ र शुक्र बहादुर राई भियतनाममा हुने फाल्डो सिरिज एसियाका लागि नेपालबाट छनोट भएका छन्।

त्यसैका लागि गोकर्ण गल्फ क्लबमा भएको फाल्डो सिरिज जुनियर गल्फ प्रतियोगितामा सुवासले उपाधि जितेका हुन्। यस्तै साविक विजेता शुक्र राईले पनि उपविजेता बन्दै सुवाससँगै एसिया सिरिजका लागि स्थान पक्का गरे।

सुवासले पाँच अन्डर २११ स्कोरकार्ड बनाउँदै उपाधि जिते। दोस्रो भएका शुक्रले इभन पार २१६ स्कोर कार्ड बनाए।

महिलातर्फको उपाधि करिश्मा शाहले जितिन्। आइएसएमइको प्रायोजनमा नेपाल गल्फ संघले गोकर्ण फरेस्टमा आयोजना गरेको ५४ होलको प्रतियोगितामा १२ देखि २१ वर्षसम्मा २५ जनाले भाग लिएका थिपए।

फाल्डो सिरिज एसियाको फाइनल चरण भियतनामको लगुना लङ को दनाङ गल्फ कोर्षमा सन् २०१९ को मार्चमा हुनेछ।

विजेतालाई नेपाल गल्फ संघका अध्यक्ष टासी घले लगायतले पुरस्कृत गरे।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell