PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

सुदूरपश्चिम खप्तड गोल्डकप : मोरङ ११ लाई पराजित गर्दै नेपाल पुलिस क्वाटरफाइनलमा



पहिलोपोस्ट

सुदूरपश्चिम खप्तड गोल्डकप : मोरङ ११ लाई पराजित गर्दै नेपाल पुलिस क्वाटरफाइनलमा

धनगढी : विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकप २०७५ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

धनगढीमा भइरहेको प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा पुलिसले मोरङ ११ लाई ३-० ले हरायो।  पुलिसको जितमा तिर्थ रानाले ह्याट्रिक गरे।

सुरुवातदेखि नै खेलमा पकड राख्न सफल पुलिसका लागि सातौँ मिनेटमा तिर्थ रानाले गोल गर्दै अग्रता दिलाएका थिए।

३५औं मिनेटमा अभिषेक रिजालको पासमा तिर्थले नै व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले अग्रता दोब्बर बनायो।
खेलको इन्जुरी टाइममा अभिषेककै पासमा तेस्रो गोल गर्दै तिर्थले ह्याट्रिक पुरा गरेका हुन्।

तिर्थ खेलको म्यान अफ द म्याच घोषित भए। उनले १० हजार प्राप्त गरे।

पुलिसले अब पुष २९ गते हुने क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ। मनाङ भर्खरै सम्पन्न ए डिभिजन लिगको च्याम्पियन टिम हो। प्रतियोगिताअन्तर्गत बिहीवार च्यासल युथ क्लब र दिल्ली युनाइटेडबीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell