PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

सिर्जना राई गोर्खा ट्रेल ब्लेजरमा सहभागी हुन हङकङ जाँदै



पहिलोपोस्ट

सिर्जना राई गोर्खा ट्रेल ब्लेजरमा सहभागी हुन हङकङ जाँदै

काठमाडौँ : नेपाली अल्ट्रा धाविका सिर्जना राई 'गोर्खा ट्रेल ब्लेजर-२०१९' मा सहभागी हुन बिहीबार हङकङ जाँदैछिन्।

गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा जनवरी १२ तारिखमा हुने ट्रेलमा १२ र २६ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ।

संखुवासभाकी सिर्जनाले २६ किलोमिटरको स्पर्धामा भाग लिने छिन्। सिर्जना अन्नपूर्ण ट्रेल (५० किलोमिटर) र पोखरा ट्रेल (५५ किलोमिटर) की विजेता हुन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उप निर्देशक महेन्द्रकुमार राई पनि अफिसियलका रुपमा सिर्जनासंगै हङकङ जाँदैछन्। टोलीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले बुधबार सातदोबाटोमा बिदाइ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell