PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

थुनामा रहेका एक कैदीको घोराही कारागारमा मृत्यु



पहिलोपोस्ट

थुनामा रहेका एक कैदीको घोराही कारागारमा मृत्यु
प्रतीकात्मक तस्विर

लमहीः जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि घोराही कारागारमा राखिएका बगङ्लाचुली गाउँपालिका–६ निवासी ५५ वर्षीय तिलबहादुर महराको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार बुधबार अपराह्न ४ बजेतिर बिरामी भएका महराको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा निधन भएको हो।

हातखुट्टा सुन्निने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएका महराको पौने ७ बजेतिर मृत्यु भएको प्रहरी उपरीक्षक पाण्डेले बताए। शव परीक्षणका लागि सोही प्रतिष्ठानमा राखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell